दफा
रोक लगाउन सक्ने

७.१ भौतिक विकास योजना कार्यान्वयन गर्न प्राधिकरणले समय समयमा स्पष्टरूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी बढीमा तीन वर्षको अवधि ननाघ्ने गरी सोही सूचनामा तोकिएको अवधिभरको लागि योजना क्षेत्रभित्र पर्ने सोही सूचनामा तोकिएको क्षेत्रमा जुनसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्र््याउन नपाउने गरी रोक लगाउन सक्नेछ ।
७.२ उपदफा ७.१ बमोजिम रोक लगाएको कुराको सूचना प्राधिकरणले रजिष्ट्रेशन गर्ने सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।
७.३ रजिष्ट्रेशन गर्ने सम्बन्धित कार्यालयले उपदफा ७.२ बमोजिमको सूचना पाएमा त्यस्तो अचल सम्पत्ति टुक्र््याउने गरी रजिष्ट्रेशन गर्न हुँदैन ।